हाथवे इन्भेष्टमेन्ट नेपालले आफ्ना शेयरधनीहरूलाई १२.६३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। कम्पनीको भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट यो लाभांश वितरण गर्ने निर्णय गरेको हो।
घोषित लाभांशमा १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६३२ प्रतिशत नगद लाभांश समावेश छन्। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ रहेको छ। यो प्रस्ताव अब कम्पनीको आगामी साधारण सभामा पेश गरिनेछ।


