Banijya News

सिटिजन्स बैंकद्वारा डिजिटल मैत्री ‘सिटिजन्स डिजिबैंक’ सेवा सञ्चालनमा

1
1.1K Shares

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले डिजिटल बैंकिङ्गको क्षेत्रमा एक रणनीतिक पहल गर्दै ‘सिटिजन्स डिजिबैंक’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । छरिएर रहेका विभिन्न डिजिटल सेवाहरूलाई एउटै च्यानलमा केन्द्रित गरी बैंकका ग्राहकहरूलाई वेब र मोबाइल मार्फत सहजीकरण गर्नु यसको मुख्य उद्देश्य रहेको बैंकले जनाएको छ ।

बैंकका अनुसार सेवा प्रवाह अझ छिटो र छरितो बनाई यस प्लेटफर्मले बैंक र ग्राहकबीचको सम्बन्धलाई अझ सुदृढ र अन्तरक्रियात्मक बनाउने विश्वास बैंकले लिएको छ । यो सुविधा बैंकको आधिकारिक वेबसाइट वा मोबाइल बैंकिङ्ग एप मार्फत प्रयोग गर्न सकिनेछ ।

पहिलो चरणमा, यस प्लेटफर्ममा हाल बैंकका ५० वटा विद्यमान डिजिटल सेवाहरू, जस्तै: अनलाइन खाता खोल्ने, पान अपडेट, राष्ट्रिय परिचयपत्र अपडेट, लकर आवेदन, टिडियः सर्टिफिकेट माग, साथै विभिन्न डिम्याट, मोबाइल बैंकिङ्ग तथा कार्ड सम्बन्धी सेवाहरू उपलब्ध गराइएको छ ।

डिजिटल प्रविधिको उच्चतम प्रयोग गरी ग्राहकलाई नवीनतम सेवाहरू दिने लक्ष्यका साथै भविष्यमा यस प्लेटफर्ममा थप सेवाहरू समावेश गर्दै यसलाई अझ सशक्त बनाउँदै लैजाने बैंकको प्रतिबद्धता रहेको बैंकले जनाएको छ ।

1

Scroll to Top