Banijya News

राप्रपा र राप्रपा नेपालबीच पार्टी एकताको सहमति

1
1.1K Shares

राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ९राप्रपा नेपाल० बीच पार्टी एकता गर्ने सहमति भएको छ । बुधवार साँझ राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा दुई नेताहरुबीच पार्टी एकता गर्ने सहमति भएको हो ।

सहमतिले राजावादी तथा राष्ट्रवादी शक्तिहरूबीचको विभाजन अन्त्य गरी एकीकृत रूपमा अघि बढ्ने बाटो खोलेको छ । बैठकले एकता सहमति पत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको छ । सहमति पत्रमा थापा र लिङदेन दुवैले हस्ताक्षर गरेका छन् । एकता घोषणा सभा पुस १६ गते राष्ट्रिय सभागृहमा हुने जनाइएको छ । सहमतिपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष थापाले जेन–जी युवाहरूको आन्दोलनले नेपालको समग्र राजनीतिमा तरंग पैदा गरेको बताए ।

1

Scroll to Top