सार्वजनिक खरिद अनुगमन कार्यालयले पूर्व ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ ९कान्छाराम० को कान्छाराम कन्स्ट्रक्सन सहित पाँचवटा निर्माण कम्पनीलाई सम्झौता बमोजिम काम नगरेको भन्दै कालोसूचीमा राख्ने निर्णय गरेको छ।
कान्छाराम कन्स्ट्रक्सन र चिनियाँ कम्पनी छोङ्गिङ इन्टरनेसनललाई डेढ वर्षका लागि तथा ड्रैगन कन्स्ट्रक्सन, सिङ्दान सप्लायर्स र विशाल निर्माण सेवालाई एक वर्षदेखि डेढ वर्षसम्मका लागि सार्वजनिक खरिदमा रोक लगाइएको छ।
विभिन्न सरकारी निकायहरूको सिफारिसमा गरिएको यो कारबाहीसँगै कालोसूचीमा परेका कम्पनीका मुख्य व्यक्तिहरूले तोकिएको अवधिभर कुनै पनि सरकारी ठेक्कापट्टा वा खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।


