राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको जित निश्चित भएको छ । झापा–५ मा जारी मतगणना अनुसार बालेनले कायम गरेको मतान्तर गन्न बाँकी मतभन्दा कम भएसँगै उनको जित सुनिश्चित भएको हो ।
पछिल्लो मतगणना अनुसार बालेनले ५५,९३४ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका अध्यक्ष केपी शर्मा ओलीले १५,४०९ प्राप्त गरेका छन् । झापा–५ मा १ लाख ६ हजार मत खसेको छ । अब गन्ने सबै मत ओलीले ल्याए पनि बालेनले चुनाव जित्नेछन् ।
यो क्षेत्रमा नेपाली काँग्रेसकी मन्धरा चिमरियाले १ हजार ३१८ मत, नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले १ हजार ८७ मत तथा श्रम संस्कृति पार्टीका समिर तामाङले ७ हजार ५३५ मत प्राप्त गरेका छन् ।


