सोझो मन्त्री भनेर छवि बनाएका सहरी विकास मन्त्री कुमार इङनामले जाँदा जादै एक जना अत्यन्त विवादित व्यक्तिलाई सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक पदमा नियुक्ति गरी गम्भिर आर्थिक चलेखेलमा लागेका छन् ।
अबको चार महिना पछि अनिवार्य अवकाशमा जान लागेको चक्रवर्ती कण्ठलाई विभागको महानिर्देशक पदमा नियुक्ति गर्न इङनाम केही दिन देखि मन्त्रालयमा ढुकेर बसेका छन् । कण्ठलाई नियुक्त गर्नकोलागि टिप्पनी उठाउन उनले केही दिन देखि मन्त्रालयका कर्मचारीहरुलाई निकै ठूलो दबाब दिन थालेका छन् ।
बिदाइ हुनै लागेका मन्त्रीले दिएको नाजायाज दबाबलाई कर्मचारीहरुलाई मानेका छैनन् । किनभने यो बेला कण्ठलाई महानिर्देशकमा नियुक्त गर्नु भनेको सोझै अख्तियारमा बयान दिन जानु हो । यस विषयमा अख्तियारले पनि गम्भिर चासो राखेको स्रोतको भनाइ छ । स्रोत भन्छ,, ‘जाने बेला विबादित व्यक्तिलाई विभागको महानिर्देशकमा नियुक्त दिलाउनु खोज्नु भनेको आर्थिक चलेखल नै हो । यसमा अरु कारण केही छैन ।’
इङनामले संसद भवन बनाउन नसकेको आरोप विभागको वर्तमान नेतृत्वलाई लगाएका छन् । यो भनेको बाहना मात्र हो । किनभने अब बस्ने प्रतिनिधि सभाको पहिलो बैठक नयाँ संसद भवनमै बस्ने भएको छ । एउटा हलको अर्को सट्टा हलमा बस्न लागेको हो । यही विषयलाई ठूलो मुद्दा बनाइ डिजी फेर्न सकिन्छ कि भन्ने सोचमा इङनाम लागेका हुन । स्रोत भन्छ, –‘यसमा ठूलो आर्थिच चलेखल भएको छ ।’
यस भनाइलाई पुष्टि गर्ने अर्को भरपर्दो आधार के छ भने चुनावी आचार संहिता लागेकै बेला इङनामले पुरानो मिति –व्याक डेट)राखेर मन्त्रालय मातहतको स्थानीय पूर्वाधार विभागमा डिजी परिवर्तन गरेका थिए । आचार संहिता माघ ४ गते रातीबाट लागेको थियो तर इङनामले माघ ७ गते डोलीको महानिर्देशकमा अशोक साहलाई नियुक्त गरेका थिए । त्यसै दिन साह डोलीमा पुगि कार्यभार सम्हालेका थिए । यसमा पनि गम्भिर आर्थिक चलेखल भएको प्रष्ट्र थाहा हुन्छ ।
मन्त्रालयका एक कर्मचारी भन्छन,…अब उहाँ फेरि मन्त्री हुने सम्भावना छैन । त्यसैले जाँदा जादै केही आर्थिक उपार्जन गर्न सकिन्छ कि भन्ने सोचमा लागेको हुनु पर्छ । डिजि परिवर्तन गर्ने विषयमा पहिले नै केही आर्थिक चलखेल भइसकेको हुनु पर्छ । नभए यसरी लाग्नु पर्ने कारण केही थिएन ।’
इङनामले नियुक्त गर्न लागेका कण्ठ अत्यन्त विबादित र एमालेका क्याडर भनेर चिनिन्छ । पदमै रहँदा पनि उनले अर्को नामबाट एमालेलाई नियमित लेवी बुझाउने गर्छन् । विवादित भएकै कारण उनी विभागको डिजी हुन सकेका छैनन् । त्यसैले जाने बेला विभागमा फोटो झुण्डयाउने उनको धोको छ । यस काममा उनले अन्त्रालयका सहसचिव नारायण मैनालीलाई प्रयोग गरिरहेका छन् । मैनालीको विषयमा मन्त्रालय मात्र नभइ, सिंहदरबार परिसर भित्रका प्राय सबै कर्मचारीहरु जानकार छन् । उनको सहोदार भाई रामप्रसाद मैनालीले यही बैशाखमा ५८ वर्ष उमेर हद पूरा गरी अनिवार्य अवकाश पाउदैछन् । मैनाली भने उमेर ढाँटेर सधैजसो प्रेम लिलामा लिप्त हुने गरेका छन् ।


