Banijya News

के छ रास्वपाको दुईदिने प्रशिक्षण कार्यक्रममा(तालिका सहित)

1
1.1K Shares


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि दुईदिने अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। कार्यक्रममार्फत सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माण, संसदको कार्यप्रणाली र जनप्रतिनिधिको जिम्मेवारीबारे जानकारी गराइनेछ।

पहिलो दिन उपसभापति स्वर्णिम वाग्ले र डोलप्रसाद अर्यालसहितका नेताहरूले मन्तव्य तथा अनुभव साझा गर्नेछन् भने विज्ञहरूले संसदीय प्रक्रिया र कानुन निर्माणबारे प्रशिक्षण दिनेछन्। दोस्रो दिन बजेट, सुशासन र सांसदको आचारसंहितामा केन्द्रित रहनेछ। कार्यक्रमको अन्त्यमा सभापति रवि लामिछानेले समापन मन्तव्य दिनेछन्।

रास्वपाले यस कार्यक्रमलाई आफ्नो संसदीय यात्राको महत्त्वपूर्ण तयारीका रूपमा लिएको जनाएको छ। महामन्त्री बुर्लाकोटीले सबै सांसदहरूलाई निर्धारित समय र तालिका अनुसार पूर्ण तयारीका साथ कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।

1

Scroll to Top