प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रो यात्रा ज्ञानको उज्यालोको खोज र समस्या निवारणको मार्गमा हुनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालबाट बुद्ध जयन्तीको शुभकामना दिँदै उनले बुद्धले देखाएको बाटो दु:ख निवारणको भएको बताए ।
शाहले भनेका छन्, ‘उज्यालोको अभाव नै अँध्यारो हो, जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ । हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ ।’
बुद्धवाणि ‘दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ’ स्मरण गर्दै उनले विश्व शान्तिको कामना गरेका छन् ।
‘बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा छ’, बालेनले लेखेका छन्, ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, र त्यो “ज्ञ” ज्ञान हो ।’


