Banijya News

मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

1
1.0K Shares

मलेसियाले नेपालविरुद्धको टी–२० अन्तर्राष्ट्रिय श्रृंखलामा नेपाललाई ८३ रनको लक्ष्य प्रस्तुत गरेको छ । शुक्रबार मलेसियाको क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले नेपालविरुद्ध निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८२ रनको योगफल खडा गरेको हो ।

मलेसियाका ओपनर आइना हशिमले १७ रन बनाइन् । धनुश्री मुहूनानले १५ र नुर एरिएना नाट्स्याचले १३ रन बनाइन् । नेपालकी कविता कुँवर, रुविना क्षेत्री र रिया शर्माले समान दुई विकेट लिए । पुजा महतो र शिता मगरले समान एक विकेट लिइन् ।

खेलमा नेपाल दोस्रो जित निकाल्दै श्रृंखला जित्ने लक्ष्यमा छ । नेपालले यसअघि भएको पहिलो खेलमा दुई विकेटको जित निकालेको थियो । नेपालले एसियन गेम्सको छनोट प्रतियोगिताको पूर्वसन्ध्यामा घरेलु टिमसँग शृंखला खेलेको हो ।

1

Scroll to Top