Banijya News

भोटेकोशी विपद् प्रभावितका लागि OWG को २,२६,३३२ आर्थिक सहयोग प्रदान

1
1.2K Shares

रसुवा–भोटेकोशी क्षेत्रमा हालै आएको विपद्पछि प्रभावित नागरिकहरूको उद्धार तथा राहत कार्यलाई सहयोग पुर्‍याउने उद्देश्यले Organic World Group Pvt. Ltd. (OWG) ले नेपाल सरकारलाई रु. २,२६,३३२ आर्थिक सहयोग प्रदान गरेको छ। संस्थाले विपद्को कठिन घडीमा मानवीय संवेदनशीलता र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै उक्त सहयोग उपलब्ध गराएको जनाएको छ।

नेपालको उद्योग, उत्पादन तथा व्यापार क्षेत्रमा विगत १४ वर्षदेखि सक्रिय रूपमा कार्यरत OWG ले व्यवसायिक सफलतासँगै सामाजिक उत्तरदायित्वलाई पनि आफ्नो मूल मूल्यका रूपमा अघि बढाउँदै आएको बताएको छ। कम्पनीका अनुसार विपद्, संकट तथा मानवीय आवश्यकताका समयमा समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्नु निजी क्षेत्रको पनि दायित्व हो।

सहयोग हस्तान्तरणका अवसरमा OWG का प्रबन्ध निर्देशक (MD) रोशन कुमार लोले यो सहयोग कुनै एक व्यक्तिको प्रयासको परिणाम नभई देशभर रहेका कम्पनीका डिलर, मार्केटिङ प्रतिनिधि (MR) तथा सम्पूर्ण OWG परिवारको सामूहिक योगदानबाट सम्भव भएको स्पष्ट पार्नुभयो।

उहाँले विपद्को समयमा व्यवसायिक गतिविधिमात्र पर्याप्त नहुने उल्लेख गर्दै समाजप्रतिको जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो। प्रभावित समुदायलाई राहत र सहयोग पुर्‍याउने अभियानमा सहभागी हुन पाउनु OWG परिवारका लागि गर्वको विषय भएको उहाँको भनाइ थियो। साथै, देशभरका सहकर्मी, डिलर र प्रतिनिधिहरूको एकता तथा सहकार्यले नै यो सहयोग सम्भव भएको उहाँले उल्लेख गर्नुभयो।

स्वदेशी उद्योग र उत्पादनको प्रवर्द्धनमा सक्रिय रहँदै आएको OWG ले नेपाली बजारमा आफ्नो छुट्टै पहिचान स्थापित गरेको छ। कम्पनीले रोजगारी सिर्जना, उद्यमशीलताको विकास तथा व्यापारिक अवसर विस्तारमा योगदान पुर्‍याउँदै आएको दाबी गरेको छ। संस्थाका अनुसार व्यवसायिक वृद्धिसँगै सामाजिक सेवाका गतिविधिलाई पनि निरन्तरता दिने नीति अनुरूप राहत सहयोग कार्यक्रम सञ्चालन गरिएको हो।

कम्पनीले आफ्नो विकास यात्रामा ग्राहक, डिलर, बजार प्रतिनिधि तथा शुभेच्छुकहरूको महत्वपूर्ण भूमिका रहेको स्वीकार गर्दै आएको छ। यही सहकार्य र विश्वासको सम्बन्धलाई समाजसेवामा रूपान्तरण गर्ने उद्देश्यले विपद् प्रभावितहरूको सहयोगमा हातेमालो गरिएको कम्पनीको भनाइ छ।

OWG का अनुसार रसुवा–भोटेकोशी क्षेत्रका प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि गरिएको सहयोगले निजी क्षेत्रले सामाजिक उत्तरदायित्वलाई व्यवहारमा कसरी उतार्न सक्छ भन्ने सकारात्मक उदाहरण प्रस्तुत गरेको छ। सानो–सानो सहयोगलाई एकीकृत गर्दा ठूलो मानवीय अभियान सफल बनाउन सकिने सन्देश पनि यस पहलले दिएको कम्पनीले जनाएको छ।

देशका विभिन्न स्थानमा रहेका OWG का डिलर तथा MR हरूले देखाएको एकता, सद्भाव र प्रतिबद्धताले राहत अभियानलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको कम्पनीको विश्वास छ। यस अभियानले व्यवसायिक सम्बन्धलाई सामाजिक हितका लागि समेत उपयोग गर्न सकिने सम्भावना उजागर गरेको छ।

Organic World Group Pvt. Ltd. ले आगामी दिनहरूमा पनि नेपाली उद्योग, व्यापार तथा उद्यमशीलताको विकाससँगै सामाजिक सेवाका क्षेत्रमा आफ्नो सक्रियता अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ। कम्पनीले समाज र व्यवसायबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै राष्ट्र निर्माण र मानवीय सेवामा निरन्तर योगदान दिने लक्ष्य राखेको जनाएको छ।

1

Scroll to Top