Banijya News

सुन–चाँदीको मूल्यमा भारी गिरावट, कति पुग्यो प्रतितोला ?

1
1.0K Shares

नेपाली बजारमा आज शुक्रबार सुन–चाँदीको मूल्यमा भारी गिरावट आएको छ । पछिल्ला केही दिनयता निरन्तर घट्दै गएको सुनको मूल्य आज एकैदिन प्रतितोला १२ हजार २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ । हिजो बिहीबार सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । योसँगै सुनको मूल्य एक वर्ष अगाडिको अवस्थामा फर्किएको छ । गत वर्ष आजको दिन सुनको मूल्य प्रतितोला २ लाख ४३ हजार रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि २२५ रुपैयाँले घटेको छ । आज शुक्रबार चाँदीको मूल्य प्रतितोला ३ हजार ११० रुपैयाँ कायम भएको छ । हिजो बिहीबार चाँदी प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो । गत वर्ष आजको दिन चाँदीको मूल्य प्रतितोला ३ हजार १८५ रुपैयाँ कायम भएको थियो ।

1

Scroll to Top