Banijya News

यस्तो छ विदेशी मुद्राको विनिमय दर

1
1.0K Shares

नेपाल राष्ट्र बैंकले आज (सोमबार ) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५२ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०५ रुपैयाँ ७६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ २५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ४४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ११ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ १२ पैसा र बिक्रीदर २०२ रुपैयाँ ९२ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

1

Scroll to Top