Banijya News

राष्ट्रपति पौडेलद्वारा शुभसाइतमा दसैँको टीका, प्रसाद र जमरा ग्रहण

1
1.0K Shares

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैँको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दसैँको शुभ साइत १० बजेर २६ मिनेटमा गुरु पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन्। आफूले टीका ग्रहण गरेपछि उनले प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभ साइतमा टीका र जमरा लगाइएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

1

Scroll to Top