वैशाख १५, एजेन्सीं ।
चीनको वुहान शहरमा कोरोना सङ्क्रमित शून्यमा झरेको छ । कोरोना संक्रमणको उत्पत्ती स्थल वुहान सहरमा यतिखेर कोरोना संक्रमण शुन्य देखिएको चीनिय समाचार एजेन्सी सिन्वाले जनाएको छ ।
शुक्रबार अस्पतालमा रहेका ११ जना कोरोना सङ्क्रमित डिस्चार्ज गरेपछि एक जना पनि नयाँ बिरामी नथपिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेगलाई उद्धित गर्दे सिन्वाले समाचार लेखेको हो ।
वुहानमा कोरोना सङ्क्रमण फैलिएपछि ७६ दिनसम्म लकडाउन गरिएको थियो । चीनमा हाल सम्म ८२ हजारभन्दा धेरैलाई कोरोना संक्रमण भएको छ । यस मध्ये सबैभन्दा बढी बुहानका झण्डै ५० हजार रहेका छन् । चीनमा अहिलेसम्म साढे ४ हजार माथिको मृत्यु भएको सिन्वाले दावी गर्दे आएको छ ।


