बैंशाख, १६ एजेन्सी
विश्वको टाउको दुखाईको बिषय भएको छ, यतिखेर कोरोना भाइरस (कोभिड–१९) । विश्वका विभिन्न दुई सय १० देश र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा कोरोना भाइरस (कोभिड–१९) फैलदा ३० लाख माथि संक्रमण भएका छन् । दुई लाख ११ हजारमाथिले ज्यान घुमाएका छन् । संक्रमितको संख्या बढ्दै जाँदा विश्व स्वास्थ्य संगठन लगायत प्रत्योक विकशित देशले औषधी निमार्णको अनेक बिकल्प खोजिरहेका छन् ।
यही खोजीमा इरानको एक सस्थाले कोरोनाबाट मुक्त हुनको लागि बिकल्पका रुपमा नयाँ खोजी गरेको छ । खोजीको रुपमा रक्सीलाई भ्याक्सिनको रुपमा प्रयोग गरेको छ । कोरोना भाइरसबाट बच्न सकिने भन्दै रक्सीलाई भ्याक्सिनका रुपमा प्रयोग गर्दा २९ जनाले ज्यान गुमाएका छन् ।
कोरोना भाईरसलाई निष्क्रिय पार्न ६५ प्रतिशत अल्कोहल चाहिने अनुसन्धानले देखाएको छ । इराकमा कुनै स्पिरिटस (मदिरा वा रक्सी) अथवा भोडकाले कोरोनालाई मार्छ भन्ने हल्ला छ । यही हल्लाका माझ मदिरालाई नै भयाक्सिन बनाउँदा उक्त विरामीले ज्यान गुमाएका हुन् ।
कोभिड–१९ लाई लिस्टरिन रसायनले काम गर्न सक्छ भन्ने अनुसन्धानले देखाएको छ । यस्का लागि ६५ प्रतिशत अल्कोहल हुनुपर्छ । अल्कोहल (मदिरा) वा अल्कोहलको साथ कुनै पनि मिश्रणले ६५ प्रतिशत भन्दा बढी कुनै पनि बोसो (फ्याट) विशेष गरी भाइरसको बाह्य बोसो (लिपिड) तह पगाल्छ अथवा छुट्याउँदछ,। यसैलाई आधार मानेर रक्सीलाई भ्याक्सिनका रुपमा प्रयोग गर्दा इराकमा २९ ले ज्यान गुमाएका हुन् ।
कोरोना संक्रमणको आशंकमा धेरैलाई रक्सी पिउन दिइएको थियो । विषाक्त मदिरा सेवनका कारण २१८ जनालाई इरानका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । इरानमा हालसम्म कोरोना संक्रमणबाट २३७ जनाको मृत्यु भएको छ भने सात हजार १६१ कोरोना संक्रमित भएको समाचार सस्थाले जनाएका छन् ।


