काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साना र ठ्ूला तथा धनी र गरिब राष्ट्रबीचका लागि समावेशी विश्व आर्थिक पद्धति स्थापित गर्न विश्व समुदायसँग आग्रह गरका छन् । ‘कोरोना महामारी र यसपछिका चरण विकासका लागि लगानी’ विषयको राष्ट्रसङ्घीय उच्चस्तरीय भर्चुअल संवादमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
राष्ट्रसङ्घका महासचिव तथा क्यानडा र जमैकाका प्रधानमन्त्रीहरुद्वारा आयोजित भिडियो संवादमा प्रधानमन्त्री ओलीले कोभिड १९ विरुद्ध विकास भइरहेका खोपको वैज्ञानिकताका लागि परीक्षण गर्न समावेशी विश्व आर्थिक पद्धति स्थापित गर्न विश्व समुदायसँग आग्रह गरका हुन् । प्रधानमन्त्री ओलीले विश्वका हरेक अर्थतन्त्रलाई माथि उकास्न दिन त्यस प्रकारको अर्थप्रणाली आवश्यक भएकाले विद्यमान विश्व आर्थिक व्यवस्थाको ढाँचामा आमूल परिवर्तन गर्न आग्रह गरेका हुन् ।
उनले कोरोना महामारीको भयावहतालाई ध्यान दिएर यस अग्निपरीक्षाबाट पार पाउन सामाजिक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने धारण राखेका छन् । आफ्ना नागरिकको जीवनरक्षा नै पहिलो कार्यभारमा पर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विश्व स्वास्थ्य सङ्गठनले अहिलेको समयमा नेतृत्वदायी भूमिका निर्वाह गरेकामा आभार व्यक्त गरेका छन् । उनले जि–२० का राष्ट्रहरु र अन्तराष्ट्रिय मुद्रा कोषका पहललाई स्वागत गर्दै अझै प्रभावकारी काम हुनुपर्नेमा जोड दिएका छन् ।


