Banijya News

बैंकहरुले कर्मचारी तलबभत्तामा मात्र गरे ४८ अर्ब बढी खर्च

1
1.1K Shares

चालु आर्थिक वर्षको पहिलो १० महिनामा वाणिज्य बैंकहरुले कर्मचारी तलबभत्तामा ४८ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, वैशाख मसान्तसम्म २० वटा वाणिज्य बैंकहरुले जम्मा ४८ अर्ब ४२ करोड ४८ लाख रुपैयाँ तलबभत्तामा खर्च गरेका हुन्, जुन अघिल्लो वर्षको सोही अवधिमा गरिएको ४५ अर्ब ५४ करोड २९ लाख रुपैयाँको तुलनामा ६.३३ प्रतिशतले बढी हो।

सबैभन्दा धेरै तलबभत्तामा खर्च गर्ने बैंकको सूचीमा राष्ट्रिय वाणिज्य बैंक अगाडि छ। बैंकले १० महिनामा ३ अर्ब ५२ करोड ९८ लाख रुपैयाँ तलबभत्तामा खर्च गरेको छ, यद्यपि अघिल्लो वर्षको तुलनामा यो २.३६ प्रतिशतले घटेको हो।

त्यसपछिको स्थानमा कुमारी बैंक रहेको छ, जसले ३ अर्ब ३७ करोड ६५ लाख रुपैयाँ खर्च गरेको छ। कुमारीको खर्च पनि अघिल्लो वर्षको तुलनामा १.४ प्रतिशतले घटेको देखिएको छ।

ग्लोबल आइएमई बैंकले तेस्रो स्थानमा रहँदै ३ अर्ब १५ करोड २५ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्षको तुलनामा यस बैंकको तलबभत्ता खर्च ३.८ प्रतिशतले बढेको छ।

1

Scroll to Top