५ मंसिर २०७६, काठमाडौं । अर्थमन्त्री डा. यूवराज खतिवडाको ग्राण्ड डिजाईनमा डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि सरकारले लगाएका सतही आरोपहरुको छानविन गठित समितिका सदस्य रामजी रेग्मीले १६ दिनपछि राजीनामा दिएसँगै नयाँ तरङ पैदा भएको छ । छानविनको नियतमाथि प्रश्न उठेका बेला रेग्मीले राजीनामा दिएसँगै सरकारको षड्यन्त्र माथि चुनौती खडा भएको छ । खतिवडाको डिजाईनमा सरकारले डेपुटी गर्भनर श्रेष्ठमाथि अमुर्त आरोपहरु लगाउदै निलम्बन हुन बाध्य बनाएको थियो । छानविनको कार्यअवधि १४ दिन मात्र बाँकी रहँदा रेग्मीले अचानक राजीनामा दिएका हुन् । छानविनमा श्रेष्ठ भन्दा माथिका गर्भनर र तलका कर्मचारी समेत दोषी पाइएपनि श्रेष्ठलाई मात्र देषी देखाउन समिति लागि परेपछि उनले समितिबाट राजिनामा दिएको स्रोतले खुलासा गरेको छ । राष्ट्र बैंकको कार्य प्रकृतिमा एक जनामात्र डेपुटी गर्भनरले केही गर्न नसक्ने पक्का छ । डेपुटी गर्भनरले गरेको कामको खोट लगाउँने हो भने यस्मा फायल उठाउने कर्मचारी देखि लिएर गर्भनर समेत मुछिने हुन्छ । यहाँ सबैलाई चोख्याउँदै डेपुटी गर्भनर श्रेष्ठलाई मात्र देषी देखाई कारवाही गर्नु राजनैतिक उद्धेश्य पुरा गर्ने हेतुले गरेको स्पष्ट भएको स्रोतको दाबी छ । स्रोत भन्छ,–‘ समितिमा बसेर पनि निपक्ष अनुसन्धान गर्न सकिदैन भने किन काम गर्ने ।’
सरकारले डेपुटी गभर्नर श्रेष्ठ बिरुद्ध तथ्यबिहीन आरोप लगाउँदै राष्ट्र बैंक सञ्चालक समितिलाई छानविन गर्न निर्देशन दिएको थियो । गत कार्तिक १८ गते राष्ट्र बैंक सञ्चालक समितिले श्रीराम पौडेलको संयोजकत्वमा रेग्मी र सुवोधकुमार कर्णको तीन सदस्यीय छानविन समिति बनाएर एक महिनाको कार्यअवधि तोकेर कामको जिम्मा दिएकोमा विचैमा राजिनामाले प्रश्न सरकार प्रती ठडिएको छ ।
शूरुदेखि नै छानविनको नियतमाथि प्रश्न उठेका बेला रेग्मीले राजीनामा दिएर सरकारको षड्यन्त्र माथि चुनौती खडा गरिदिएका छन् । खतिवडाको डिजाईनमा सरकारले डेपुटी गर्भनर श्रेष्ठमाथि अमुर्त आरोपहरु लगाउदै निलम्बन हुन बाध्य बनाएको थियो । छानविनको कार्यअवधि १४ दिन मात्र बाँकी रहदाँ रेग्मीले अचानक राजीनामा दिएका हुन् ।


