Banijya News

अर्घाखाँची बस दुर्घटना अपडेटः १९को मृत्यु , ११ को सनाखत (नाम सहित)

1
1.1K Shares

१२ मंसिर, २०७६, काठमाण्डौ । अर्घाखाँचीको नरपानीमा बुधबार साझ भएको बस दुर्घटनामा परि एकै घरका दुई जनासहित मृत्यु हुनेको संख्या १९ पुगेको छ । दुर्घटनामा परि १७ जनाको घटनास्थलमै मृत्यु भएको हो भने अनय दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु भएकाहरुमध्ये ११ जनाको सनाखत भएको छ ।
सन्धिखर्कबाट बुटवल तर्फ आउदै गरेको लु २ ख २१४८ नम्बरको बस सडकबाट करिव ३ सय मिटर तल भिरबाट खसेर दुर्घटना भएको हो ।
हालसम्म सनाखत भएकाहरुको नामावली यस प्रकार छ ।
१) ओम बहादुर थापा, वर्ष ३१, चालक रुपन्देही बासगढी

२) माया पुरी, १८ वर्ष, खाचिकोट काउले

३) मेनुका खड्का, ८ वर्ष, खाचिकोट काउले

४) बलराम भट्टराई, खाचिकोट डिहिडाँडा

५) सीता बस्नेत, २७ वर्ष, शितगंगा–२ घर भइ हाल चप्परगाउँ कपिलवस्तु

६) राज कुमार महत, २८ वर्ष, पिपलडाडा वेम्जिङ, गुल्मी

७) सन्त बहादुर बस्नेत, ३६ वर्ष, छत्रदेव गा.पा. ७, (उपचारको क्रममा चौराह अस्पताल बुटवलमा)

८) शैलैस थापा, भूमिकास्थान नगरपालीका–९, अर्घाखाँची

९) शिवलाल भट्टराई, सन्धीखर्क–७, खाचिकोट

१०) छविलाल गइरे, सनापा–१०

११) एक जना ६ महिनाका बालक
अन्य ८ जना मृतकको सनाखत हुन बाँकी छ । शवहरु जिल्ला अस्पताल सन्धिखर्कमा राखिएको छ ।

1

Scroll to Top