Banijya News

लकडाउन एक साता लम्ब्याउन सिफारिस, भोलि निर्णय हुने

1
1.1K Shares

कोरोना भाइरस (कोभिड (१९)रोकथाम तथा नियन्त्रणका लागि चालिएका कदम सकारात्मक भएको भन्दै उच्चस्तरीय समन्वय समितिले लकडाउन एक साता लम्ब्याउन सुझाव दिएको छ ।


बैठकमा आवश्यक छलफल र समीक्षापछि समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लकडाउन एक साता लम्ब्याउने सिफारिससहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । समितिले छिमेकी देशहरु खास गरी भारतको अवस्था हेरेर लकडाउनलाई वैशाख २२ गतेसम्म लमब्याउने सिफारिस सरकारसमक्ष गरेको हो ।
समितिको सिफारिसपछि आवश्यक छलफल गरेर भोलि बस्ने मन्त्रिपरिषद्ले थप निर्णय लिनेछ । शनिबार सिंहदरबारमा समितिका पोखरेलको अध्यक्षतामा बसेको बैठकले आन्तरिक तथा बाह्य हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको थियो ।

1

Scroll to Top