Banijya News

दुबै अध्यक्ष वीच सहमति नभएपछि भोली सचिवालय बैंठक

1
1.1K Shares

बैंशाख, १६ काठमाण्डौ ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बोलाएको छ । नेकपा सचिवालय बैठक बुधबार साँझ ५ का लागि बोलाइएको हो । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सचिवालय बैठक बोलाएको हो ।
ओली र दाहालबीच बुधबार सचिवालय बैठक बोलाउने सहमति भएको छ । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच झण्डै एक घण्टा भएको कुराकानीमा दुवै नेताले आआफ्ना कुरा राखेको बताइएको छ ।
यसअघि सोमबार कोटेश्वरमा माधवकुमार नेपालसहित ओली पक्षका नेताहरुबीच भएको दुईपक्षीय छलफलमा मंगलबार सचिवालय बैठक बोलाउने सहमति भएको बताइएको थियो ।
प्रधानमन्त्री ओलीले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेश पछि विवाद बढेको हो । सो अध्यादेश फिर्ता भएपनि नेकपामा विवाद भने साम्य भएको छैन ।
यसलाई आधार मानेर पाटीभित्र आन्तरिक विवाद बढेपछि विवाद समाधानका लागि बैठक बोलाएको हो । पार्टीमा दुई समूह सक्रिय रुपमा आ–आफ्नो समूह बलियो बनाउने अभियानमा छन् ।

1

Scroll to Top