Banijya News

गत एक वर्षमा ब्रोकर कम्पनीहरुले गरे २१ अर्ब माथिको कारोबार

1
1.1K Shares

एक वर्षको अवधिमा सञ्चालनमा रहेका ब्रोकर कम्पनीहरुले २१ अर्ब माथिको कारोबार गरेका छन् । हाल सञ्चालनमा रहेका ९२ वटा ब्रोकर कम्पनीले एक आर्थिक वर्षमा २१ खर्ब ६ अर्ब ३३ करोड ४२ लाख ७२ हजार ८१४ रुपैयाँको सेयर खरिद बिक्री गरेका हुन् ।

नेपाल स्टक एक्सचेन्जको तथ्यांक अनुसार गत आर्थिक वर्षमा ब्रोकर कम्पनीहरुले उक्त रकम बरारबको सेयर कारोबार गरेका हुन् । ९२ वटा ब्रोकर कम्पनीमध्ये सबै भन्दा बढीको कारोबार गर्ने ब्रोकरमा नाशा सेक्यूरेटिज रहेको छ । यो कम्पनीले गत आर्थिक वर्षमा १ खर्ब २९ अर्ब १ करोड ८९ लाख ३४ हजार १९ रुपैयाँ बराबरको सेयर कारोबार गरेको छ । यो अवधिमा यस कम्पनीको १ खर्ब २९ अर्ब ४० करोड १८ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर खरिद गरेको छ ।

त्यस्तै एक वर्षको अवधिमा धेरै कारोबार गर्ने कम्पनीको दोस्रो स्थानमा इम्पेरियल सेक्युरिटिज कम्पनी रहेको छ । यो कम्पनीले कुल ८३ अर्ब २१ करोड ५५ करोडको सेयर बिक्री गरेको छ भने ८७ अर्ब ७ करोड ४१ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ । नेप्सेका अनुसार धेरै कारोबार गर्ने कम्पनीको शीर्ष तीनमा भिजन सेक्युरिटिज रहेको छ । यो कम्पनीले कुल ७९ अर्ब ७८ करोड ९७ रुपैयाँ बराबरको सेयर बिक्री गरेको छ भने ७७ अर्ब २३ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको छ ।

त्यस्तै यो अवधिमा अनलाइन सेक्युरिटिजले ७० अर्ब ५९ करोड १९ लाख ४१ हजार रुपैयाँ बराबरको सेयर बिक्री गरेको छ भने ६८ अर्ब ८८ करोड ३८ लाख बराबरको सेयर खरिद गरेको छ । त्यस्तै आयेतारा इन्भेष्टटमेन्ट एण्ड सेक्युरिटिजले एक वर्षको अवधिमा ६० अर्ब ३७ करोड ९ लाख ६० हजार रुपैयाँको सेयर किनेको छ भने ६० अर्ब १६ करोड २४ लाख ८४ हजार रुपैयाँको सेयर बिक्री गरेको छ ।

1

Scroll to Top