राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले गत आर्थिक वर्ष २०८१/ ८२ मा ५ लाख ७५ हजार ५६९ यात्रुलाई सेवा दिँदा १४ अर्ब ८८ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तो आम्दानी गत आर्थिक वर्ष २०८०/८१ को तुलनामा भने ३ प्रतिशतले कम हो । अघिल्लो वर्ष २०८०/८१ मा ६ लाख १४ हजार ७८७ यात्रुलाई सेवा दिएर १५ अर्ब ४३ करोड ३ लाख रुपैयाँ आम्दानी गरेको निगमले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
वायुसेवा निगमले पछिल्लो एक वर्षमा गरेको यस्तो आम्दानी ५४ करोडले रुपैयाँले गुमाएको देखिएको छ । २०८०/८१ म करिब साढे १५ अर्ब आम्दानी गरेको निगमले आम्दानी गत वर्ष बढाउनुपर्ने भए पनि विविध कारण देखाएर उडान कम गर्दा यसको असर आम्दानीमा देखिएको हो ।
निगमले गत आर्थिक वर्ष २०८१/८२ मा गरेको यस्तो आम्दानीका लागि असारमा ५० हजार यात्रु उडाउँदा १ अर्ब, जेठमा ४९ हजार यात्रु उडाउदा १ अर्ब १८ करोड, वैशाखमा ५० हजार यात्रु उडाउँदा १ अर्ब ४३ करोड रुपैयाँ आम्दानी गरेको छ ।
यस्तो आम्दानीका लागि निगमले चैतमा ५३ हजार यात्रुलाइ सेवा दिँदा १ अर्ब ५८ करोड, फागनुमा ४४ हजारलाई सेवा दिँदा १ अर्ब ३५ करोड, फागनुमा ४७ हजारलाई उडाउँदा १ अर्ब ३५ करोड रुपैयाँ आम्दानी गरेको छ ।
निगमले माघमा ४५ हजार यात्रु उडाउँदा १ अर्ब १५ करोड, पुसमा ४४ हजारबाट १ अर्ब ३१ करोड, पुसमा ४४ हजारलाई उडाउँदा १ अर्ब ३१ करोड र मंसिरमा ५३ हजार यात्रु उडाउँदा १ अर्ब ३१ करोड रुपैयाँ नै आम्दानी गरेको तथ्यांकले देखाएको छ ।
यस्तो तथ्यांक अनुसार निगमले कात्तिकमा ४८ हजार यात्रु उडाउँदा १ अर्ब ४७ करोड, असोजमा ४६ हजार यात्रुबाट १ अर्ब ४३ करोड, भदौमा २९ हजार यात्रुबाट ६९ करोड र साउनमा ३९ हजार यात्रुबाट ९४ करोड रुपैयाँ आम्दानी गरेको निगमले उपलब्ध गराएको तथ्यांले देखाएको छ ।


