Banijya News

वाणिज्य बैंकहरुले कमाए ७१ अर्ब ५१ करोड रुपैयाँ नाफा, कुनले कति ?

1
1.2K Shares

गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले ७१ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । नेपालमा सञ्चालित २० वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्म ७१ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएका हुन् । यो नाफा गत सोही अवधिको तुलनामा ४३.३९ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकहरुले ४९ अर्ब ८७ करोड नाफा कमाएका थिए ।

बैंकहरुले सार्वजनिक गरेको तथ्यांकअनुसार १६ वटा बैंकको नाफा बढेको छ भने चार वटाको घटेको छ । नाफा घट्नेमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआई बैंक, एनआइसी एशिया बैंक र सिटिजन्स बैंक रहेका छन् । गत आवमा सबैभन्दा बढी नबिल बैंकले खुद नाफा आर्जन गरेको छ । नबिल बैंकले ७ अर्ब १२ करोड कमाएको छ ।

सबैभन्दा बढी नाफा कमाउनेको दोस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) रहेको छ । यस बैंकले ६ अर्ब ७५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

सर्वाधिक नाफा कमाउनेको तेस्रोमा रहेको ग्लोबल आइएमई बैंकले ६ अर्ब २० करोड रुपैयाँ आर्जन गरेको छ ।

गत आवमा प्रभु बैंकले ५ अर्ब ४४ करोड नाफा कमाउँदा एभरेष्ट बैंकले ४ अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको छ । यस अवधिमा कृषि विकास बैंकले ४ अर्ब १५ करोड, लक्ष्मी सनराइज बैंकले ४ अर्ब ११ करोड र प्राइम कमर्सियल बैंकले ४ अर्ब २ करोड खुद नाफा कमाएका छन् ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ८१ करोड नाफा कमाउँदा नेपाल बैंकले ३ अर्ब ७७ करोड, सिद्धार्थ बैंकले ३ अर्ब ३९ करोड, एनएमबि बैंकले ३ अर्ब २८ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ अर्ब २ करोड, सानिमा बैंकले २ अर्ब ५७ करोड, कुमारी बैंकले २ अर्ब ११ करोड र माछापुच्छ्रे बैंकले २ अर्ब १ करोड खुद नाफा आर्जन गरेका छन् ।

गत आवमा नेपाल एसबिआई बैंकले १ अर्ब ८० करोड नाफा कमाउँदा हिमालयन बैंकले १ अर्ब ५१ करोड र सिटिजन्स बैंकले १ अर्ब २९ करोड खुद नाफा आर्जन गरेका छन् । यस अवधिमा एनआईसी एशिया बैंकको गत वर्ष १६ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

1

Scroll to Top