Banijya News

सिटिजन्स सन्तुलित योजनाको इकाई पुस ४ गतेदेखि निष्कासन हुने

1
1.2K Shares

सिटिजन्स क्यापिटल लिमिटेडको व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने गरी सिटिजन्स सन्तुलित योजना सञ्चालनमा आउने भएको छ । योजना सञ्चालनका लागि योजना व्यवस्थापकले पुस ४ गतेदेखि इकाई निष्कासन गर्न लागेको छ ।

प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन गर्न लागिएको हो । कुल इकाईमध्ये न्यूनतम १ करोड ५० लाख इकाई वा कुल विक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेशनलका लागि सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाई भने सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो ।

यो इकाई खरीदका लागि न्यूनतम १०० देखि एक करोड इकाईसम्म माग गर्न सकिने व्यवस्था छ । निष्कासन मिति छिटोमा पुस ८ गतेसम्म तय गरिएको छ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा पुस १८ गतेसम्म निष्कासन लम्बिने जानकारी योनजा व्यस्थापकले दिएको छ ।

यी इकाई खरीदका लागि सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयसँगै मेरो शेयर अनलाईन मार्फत समेत आवेदन दिन सकिनेछ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले कमाएको खुद मुनाफाको अनुपातमा इकाईको अंकित मूल्यको आधारमा मुनाफा वितरण गर्ने लक्ष्य राखेको छ । बन्दमुखी प्रकृतिको योजना भएकाले यसका इकाई धितोपत्र दोस्रो बजारमा समेत सूचीकृत भई कारोबार गर्न सकिनेछ ।

इकाई निष्कासनबाट संकलित रकम योजना व्यवस्थापकले बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्कासन भएको धितोपत्र, धितोपत्र विनिमय बजारमा सूचीकृत संगठित संस्थाको धितोपत्र, नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी स्वामित्व वा नियन्त्रणमा रहेको कुनै संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी बिल तथा मुद्रा बजारका अन्य साधनहरू, बैंक निक्षेप, मुद्रा बजार उपकरण र बोर्डले तोकिदिएको अन्य क्षेत्रहरूमा लगानी गर्न सक्नेछ ।

1

Scroll to Top