Banijya News

टी–२० विश्वकपबाट बाहिरिए अस्ट्रेलियाका जोश हेजलवुड

1
1.1K Shares

अस्ट्रेलियाका तीव्र गतिका बलर जोश हेजलवुड आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएका छन् । प्रतियोगिताको पछिल्लो चरणका लागि पूर्ण फिटनेस प्राप्त गर्न समय सकिएपछि ३५ वर्षीय हेजलवुड भोलिदेखि भारत र श्रीलङ्कामा संयुक्त रूपमा शुरू हुने विश्वकपबाट बाहिरिएका हुन् । इङ्ग्ल्यान्डसँगको एशेज टेस्ट शृङ्खला शुरू हुनुअघि घरेलु प्रतियोगिता शेफिल्ड शिल्डको अन्तिम खेलमा उनलाई चोट लागेको थियो ।

सन् २०२५ मा हेजलवुडले रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) लाई इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जिताउन मद्दत गरे र त्यसपछि दक्षिण अफ्रिका, न्युजिल्यान्ड र भारतसँग तीन वटा टी–२० शृङ्खला खेलेका थिए । उनले २०२५ मा ७ दशमलव ३७ को इकोनोमी रेटमा १६ दशमलव ५८ को औसतमा १२ विकेट लिएका थिए ।

क्रिकेट अस्ट्रेलियाले हेजलवुडको ठाउँमा अर्काे खेलाडीको नाम सार्वजनिक गरिसकेको छैन । टी–२० विश्वकपमा समूह ‘बी’ मा रहेको अस्ट्रेलियाले माघ २८ गते आयरल्यान्डसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ । यसअघि अस्ट्रेलियाका अर्का तीव्र गतिका बलर प्याट कमिन्स पनि प्रतियोगिताबाट बाहिरिएका थिए ।

1

Scroll to Top