Banijya News

मन्त्रिपरिषद्को निर्णय: अन्जनी पोख्रेल एआईजीमा बढुवा, जेन–जी आन्दोलनमा अध्ययन समितिको म्याद ४५ दिन थप

1
1.0K Shares

सरकारले सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा सशस्त्र प्रहरी नायब निरीक्षक अन्जनी कुमार पोख्रेललाई बढुवा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पोख्रेलको बढुवा गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनमाथि अध्ययन गर्ने समितिको म्याद थप गरेको छ । प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित उक्त अध्ययन समितिको कार्यावधि ४५ दिनका लागि थप गरिएको छ ।

यस्तै सरकारले संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) बाट ओजोन तहलाई हानी पु¥याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले वातावरण संरक्षण र ओजोन तहको सुरक्षासँग जोडिएको यो महत्त्वपूर्ण सम्झौतालाई अघि बढाउने निर्णय गरेको हो ।

यसैगरी सरकारले भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा कास्कीका बलभद्र बाँस्तोलालाई नियुक्त गरेको छ । समितिको सदस्यहरूमा काठमाडौंका अमिर प्रसाद न्यौपाने, लमजुङकी पद्मनिती सोती र काठमाडौंकी डा. रोना श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

1

Scroll to Top