Banijya News

रास्वपा महाधिवेशनमा नयाँ नेता छान्न उम्मेदवारहरूको जाँचबुझ तीव्र

1
1.0K Shares

चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारहरूको ‘स्क्रिनिङु (जाँचबुझ) कार्य तीव्र रूपमा भइरहेको छ। पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार ९९ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि हाल ३७० भन्दा बढी आकाङ्क्षीहरूको उम्मेदवारी कायम रहेको छ।

हाल उम्मेदवारहरूको प्रारम्भिक सूचीमाथि दाबी–विरोध तथा छानबिनको प्रक्रिया चलिरहेको छ भने नाम फिर्ता लिने समय सकिएपछि मात्रै निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्नेछ। त्यसलगत्तै मतदान शुरू हुनुअघि ुमौन अवधिु लागु हुनेछ, जतिबेला कुनै पनि प्रकारको प्रचारप्रसार गर्न पाइने छैन।

मतदानलाई छिटो र छरितो बनाउन महाधिवेशनस्थलमा ८० वटा विद्युतीय भोटिङ मेसिनहरू तयारी अवस्थामा राखिएका छन् भने मतदाताहरू अलमलमा नपरून् भन्नका लागि ५ वटा उपकरणहरू नमुना मतदान ९मकटिङ० का निम्ति छुट्टै व्यवस्था गरिएको छ। उम्मेदवारहरूको विवरण रुजु गर्ने र त्यसलाई भोटिङ मेसिनमा प्रविष्ट ९इन्ट्री० गर्ने कार्य सँगसँगै अगाडि बढाइएकाले निर्वाचन आयोगले दिवा खानापछि औपचारिक रूपमा मतदान प्रक्रिया शुरू गर्ने अनुमान गरेको छ।

यस महाधिवेशनमा देशभरि र प्रवासबाट आएका गरी ४ हजारभन्दा बढी प्रतिनिधिहरू सहभागी छन्, जसमा विदेशमा रहेका प्रतिनिधिहरूले मोबाइल एपमार्फत सुरक्षित रूपमा मतदान गर्नेछन्। विभिन्न समावेशी समूह ९क्लस्टर० का कारण मतदानमा केही थप समय लागे पनि मतदान सम्पन्न भएको दुई घण्टाभित्रै अन्तिम मतपरिणाम सार्वजनिक गरिने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले स्पष्ट पार्नुभएको छ।

महाधिवेशनमा नेतृत्व चयनको प्रक्रियालाई दुई चरणमा टुङ्ग्याइने रणनीति बनाइएको छ। महामन्त्री बुर्लाकोटीका अनुसार आजै रातिसम्म पहिलो चरणअन्तर्गत ९९ जना केन्द्रीय सदस्यहरूको निर्वाचन सम्पन्न गरिनेछ। त्यसलगत्तै दोस्रो चरणमा पदाधिकारीहरूको निर्वाचन प्रक्रिया शुरू हुनेछ, जसका माध्यमबाट दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री गरी कुल ६ जना शीर्ष पदाधिकारीहरू निर्वाचित हुनेछन्। हाल महाधिवेशनस्थलमा उम्मेदवारहरूले आफ्नो प्रचारप्रसारलाई निकै तीव्र पारेका छन्।

1

Scroll to Top