Banijya News

नागरिकता र लालपुर्जाको माग गर्दै सुस्तावासीको धर्ना जारी

1
1.0K Shares

नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले नेपाली नागरिकता, जग्गाको लालपुर्जा र सीमा सुरक्षाको माग राख्दै काठमाडौँको माइतीघर मण्डलामा सुरु गरेको शान्तिपूर्ण धर्ना बिहीबार पनि जारी राखेका छन्। भारतीय सुरक्षाकर्मीबाट भोग्नुपरेको दुःख र अवरोधबारे सरकारको ध्यानाकर्षण गराउन उनीहरूले असार १६ गतेदेखि काठमाडौँमा आन्दोलन थालेका हुन्।

वर्षौँदेखि पहिचान र भूमिको अधिकारबाट वञ्चित सुस्तावासीले सीमावर्ती क्षेत्रमा बस्ने नेपालीको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन्। प्रदर्शनकारीहरूले भारतीय अतिक्रमण रोक्न सरकारले ठोस कूटनीतिक पहल गर्नुपर्ने, तत्काल नागरिकता दिनुपर्ने र भोगचलन गरिरहेको जग्गाको लालपुर्जा वितरण गर्नुपर्ने अडान राखेका छन्। माग पूरा नभएसम्म शान्तिपूर्ण आन्दोलन नरोकिने उनीहरूको चेतावनी छ।

1

Scroll to Top