Banijya News

फोनपेको चेक आउट बाई फोनपे सुविधा सार्वजनिक सहज भुक्तानीसँगै २० प्रतिशत क्यासब्याक

1
1.0K Shares

डिजिटल भुक्तानी सेवा प्रदायक फोनपेले अनलाइन किनमेललाई अझ छिटो, सहज र सुरक्षित बनाउने उद्देश्यले ‘चेक आउट बाई फोनपे’ नामक नयाँ भुक्तानी समाधान सार्वजनिक गरेको छ। मोबाइल एप तथा वेबसाइटमार्फत इ-कमर्स प्लेटफर्महरूमा सामान खरिद गर्दा ग्राहकहरूले भोग्नुपर्ने झन्झटिलो भुक्तानी प्रक्रियालाई यसले पूर्ण रूपमा अन्त्य गर्ने विश्वास गरिएको छ। हालको परम्परागत प्रणालीमा एउटा एपबाट अर्को बैंकिङ एपमा जानुपर्ने, पटक-पटक लगइन विवरण र ओटिपी प्रविष्ट गर्नुपर्ने तथा भुक्तानी पुष्टि हुन पर्खनुपर्ने जस्ता झन्झटिला चरणहरू रहेका छन्।

यिनै प्रक्रियागत कठिनाइ र ढिलाइका कारण संसारभर करिब ७० प्रतिशत अनलाइन किनमेलका कार्टहरू अन्तिम भुक्तानी नगरी बीचमै छोडिने गरेका छन्, जसलाई समाधान गर्न फोनपेले यो नयाँ फिचर ल्याएको हो।

यस समाधानमार्फत अब ग्राहकले व्यापारीको चेकआउट पेजबाटै सिधै र झन्झटमुक्त रूपमा भुक्तानी गर्न सक्नेछन्। यसले भुक्तानीको समय बचाउनुका साथै अनावश्यक चरणहरू हटाई व्यापारीहरूको सफल भुक्तानी दर र ग्राहक सन्तुष्टि बढाउन ठूलो सहयोग पुर्‍याउनेछ। हाल यो सेवा कृषि विकास बैंक, सिटिजन्स बैंक, गरिमा विकास बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, मञ्जुश्री फाइनान्स, मुक्तिनाथ विकास बैंक, नबिल बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक र सानिमा बैंकसहित ११ वटा वित्तीय संस्थाका मोबाइल बैंकिङ एपहरूमा उपलब्ध भइसकेको छ। आगामी महिनाहरूमा थप बैंक, वित्तीय संस्था तथा व्यापारी प्लेटफर्महरूलाई पनि यस सेवामा आबद्ध गराउने कम्पनीको योजना रहेको छ।

यो नयाँ प्रविधि पहिलो पटक अनलाइन डेलिभरी प्लेटफर्म ुफास्टोु मा उपलब्ध गराइएको छ। फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारका अनुसार फास्टोको छिटो सेवा दिने पहिचान फोनपेको छिटो भुक्तानी गराउने लक्ष्यसँग मिल्ने भएकाले यो सहकार्य गरिएको हो। यसै अवसरमा फोनपेले फास्टोसँग मिलेर जुलाई ७ देखि जुलाई १३, २०२६ सम्म सञ्चालन हुने गरी ुह्वाट द फास्ट१(फटाफट अर्डर फटाफट चेकआउटु नामक विशेष उपभोक्ता अभियान समेत सुरु गरेको छ।

यस अभियानअन्तर्गत फास्टोमार्फत अर्डर गरी ुचेक आउट बाई फोनपेु बाट भुक्तानी गर्ने ग्राहकले २० प्रतिशत ९अधिकतम १,००० रुपैयाँसम्म० क्यासब्याक प्राप्त गर्न सक्नेछन्। यस नवीन सुरुआतले सुरक्षित र ग्राहक(केन्द्रित भुक्तानी प्रणालीमार्फत नेपालको डिजिटल अर्थतन्त्रलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।

1

Scroll to Top