Banijya News

युनाइटेड इदी मार्दी हाइड्रोपावरद्वारा ५.२६ प्रतिशत लाभांश घोषणा

1
1.0K Shares

काठमाडौंस्थित युनाइटेड इदी मार्दी एन्ड आर बि हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीहरूका लागि कुल ५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। भदौ २५ गते सम्पन्न सञ्चालक समितिको बैठकले आवको नाफाबाट लाभांश बाँडफाँड गर्ने प्रस्ताव अघि सारेको हो।

घोषित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश समावेश गरिएको छ। यस निर्णयले कम्पनीका लगानीकर्ताहरूलाई थप सेयर पाउनुका साथै करको व्यभारबाट समेत राहत मिल्नेछ।

सञ्चालक समितिले सिफारिस गरेको यो लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपछि मात्रै सेयरधनीहरूको खातामा पठाइने वा वितरण गरिनेछ।

1

Scroll to Top