सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धिरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषद बैठकले एआइजी सिंहलाई बढुवा गर्ने निर्णय गरेको हो । एउटै ब्याचका चार जना एआईजीहरू विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह, रवीन्द्र धानुक आइजी बन्ने दौडमा थिए । चार जना एआईजीहरू एउटै ब्याची भए पनि फरक फरक समयमा बढुवा भएका हुन् । २०७७ मङ्सिरमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीईइजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका भएका थिए ।
त्यसो त उनी एसएसपीबाट डिआईजीमा बढुवा हुँदा पनि एकल बढुवामा परेका थिए । काभ्रेमा डीआईजी सुशील भण्डारीको दुर्घटनामा परेर निधन भएपछि एक डीआइजी पद रिक्त थियो । त्यही रिक्त पदमा पोखरेललाई बढुवा गरिएको थियो। त्यस्तै ७ महिनापछि पोखरेपछि डीआईजी सहकुल थापालाई पनि सरकारले एआईजीमा बढुवा ग¥यो । नेकपा एमालेको बलमा थापालाई एकल बढुवा गरिएको भन्दै उनी पनि आलोचित भएका थिए । त्यसको ९ महिनापछि फेरि तीन जना एआईजीको पद थपेर बढुवा भए । डीआईजी वसन्त पन्त, दोस्रोमा धिरजप्रताप सिंह र तेस्रोमा रवीन्द्र बहादुर धानुकलाई बढुवा गरेको थियो ।
आईजीपी नबनेसँगै असन्तुष्ट दुई एआईजीले भने मुद्दा लड्ने तयारी गरेका छन्। नभएको दरबन्दी सिर्जना गरेर एमालेले पालैपालो उनीहरुलाई एआईजीमा एकल बढुवा गरेको थियो। एमाले सरकारमा हुँदा अगाडि बढेका उनीहरु त्यही वरीयता खोजिरहेका छन्। भर्ना भएदेखि एसपीसम्म दुवै जना वरीयतामा निकै पछाडि थिए।


