प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै सदन अवरोध गरिरहेका बेला नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाएको छ ।
बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ । बैठकमा पछिल्ला समसामयिक घटनाक्रम, संसदको अवरोध खुलाउने, विचाराधीन विधेयकलगायतमा छलफल हुने बताइएको छ ।
संसद खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पटक–पटक छलफल गर्दा पनि कुरा मिलेको छैन ।


