सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति विष्णु ढुंगेल पक्राउ परेका छन्।
पूर्वमाओवादी केन्द्रका नेतासमेत रहेका ढुंगेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको हो। अदालत जलाएको फुटेजका आधारमा उनको संलग्नता पत्ता लागेको थियो।
उनी पूर्वमाओवादी पार्टीमा आबद्ध थिए। सर्वोच्च अदालत जलाउँदा उनको उपस्थिति देखिएपछि पक्राउ गरिएको प्रहरी स्रोतले बतायो।
यसअघि सर्वोच्चमा आगजनी तथा तोडफोड गर्ने दुई युवकलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ।
सर्वोच्च अदालत जलाउनेलाई पक्राउ गर्न अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्त टोली बनाएर अपरेशन सञ्चालन गरेको छन्।


