Banijya News

गोरक्षनाथ माविमा लगाईएको महायज्ञको सातौं दिन यति रकम संकलन भयो

1
1.0K Shares

०९ मंसिर, २०७६, काठमाडौं । मंसिर ३ गतेबाट मंसिर १० गतेसम्म संचालन हुने श्रीमद् भागवत सप्ताह महायज्ञबाट उठेको रकमले गोरक्षनाथ माविमा प्राविधिक शिक्षा संचालन गर्ने लक्ष्यसहित सुरु भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको सातौं दिन सोमबार २४ लाख ५० हजार रुपैँया संकलन भएको छ ।
आयोजक समितिका अनुसार मंसिर ३ गते उद्घघाटनका दिन २२ लाख ५० हजार, ४ गते ५ लाख, ५ गते बिहिबार ४ लाख ५५ हजार रुपैँया, ६ गते शुक्रबार २० लाख, ७ गते शनिबार ३५ लाख, ८ गते आईतबार २५ लाख र आज सोमबार २४ लाख ५० हजार रुपैयाँ गरी १ करोड ३६ लाख ५५ हजार रुपैयाँ संकलन भएकोछ ।
सप्ताह महायज्ञको सातौं दिन सोमबार ठूलो रकम सहयोग गर्नेमा हेटौंडा १८ को पञ्चकन्या सामुदायिक वन उपभोक्ता समुह १० लाख, हेटौंडा १८ का रवि चौलागाई ५ लाख, भीमप्रसदा तिमल्सिनाबाट साँढे २ लाख बराबरको १० धुर जग्गा दान, विमला थापा १ लाख ५१ हजार, नेपाली कांग्रेसका जिल्ला सहसचिव रामबाबु बानियाँ १ लाख, विनोद घिमिरे ५१ हजार र अन्य व्यक्तिहरुसंग गरी २४ लाख ५० हजार संकलन भएको आयोजक समितिले जानकारी दिएको छ ।
सो महायज्ञबाट करिब २ करोड संकलन गर्ने लक्ष्य राखिएको छ ।

1

Scroll to Top