काठमाण्डौ – मुस्लिम समुदायले आफ्नो महान पर्व ईद उल फित्र भोलि सोमबार मनाउने भएका छन् । शनिबार राति चन्द्रमा नदेखिएकाले ईद आइतवारमात्र मनाइने नेपाली जामे मस्जिदका अध्यक्ष अब्दुल समिमले बताए । एक महिना लामो व्रत समापन गर्नु अघिल्लो रात आकाशमा चन्द्रमा देखिनुपर्ने नियम भएपनि शनिवार चन्द्रमा नदेखिएपछि भोलिमात्र इद मनाइने भएको हो ।
इस्लाम धर्मावलम्बीले रमजान महिनामा दिनभर निराहार व्रत अर्थात् रोजा बसेर नमाज पढछन् । रमजानको अन्तिम दिन ईद उल फित्र नमाज अदा गरेपछि एक महिना लामो उपवास समापन गर्ने गरिन्छ । आज राति चन्द्रमा नदेखिए पनि भोलि भने अनिवार्य रुपमा ईद मनाइने छ । रमजानको व्रत ३० दिनभन्दा लामो नहुने र आज ३० औ दिन भएकाले भोलि अनिवार्य रुपमा ईद मनाइने छ ।भोलि इद मनाईने भएपनि गृहमन्त्रालयले पनि सोमबारको लागि विदा दिएको छ ।


