Banijya News

पाइपलाइनमै अड्कियो ५४ अर्ब बढीको आईपीओ, ७५ कम्पनी स्वीकृतिको पर्खाईमा

1
1.1K Shares

नेपाल धितो पत्र बोर्डलेमा विभिन्न क्षेत्रका ७५ वटा कम्पनीको ३७ करोड ७३ लाख ७२ हजार ३८३ कित्ता आईपीओ पाइपलाइनमा छन् । उक्त पाइपलाइनमा रहेको आईपीओ ५४ अर्ब ४३ करोड ८३ लाख ९२ हजार ६६१ रुपैयाँ बराबरको हो । आईपीओको पाइपलाइनमा सबै भन्दा धेरै कम्पनी हाइड्रोपावर क्षेत्रका रहेका छन् । हाइड्रो क्षेत्रका मात्रै ३६ वटा कम्पनीहरु बोर्डबाट आईपीओ जारी गर्ने स्वीकृतिको प्रतिक्षामा रहेका छन् ।

३६ वटा हाइड्रोपावर कम्पनीका १७ करोड ३५ लाख ३३ हजार ७५४ कित्ता सेयर आईपीओको फर्खाइमा रहेका छन् । उक्त आईपीओ १७ अर्ब ७६ करोड ६ लाख ४० हजार २३६ रुपैयाँ बराबरको छ । अहिले पाइपलाइनमा रहेका समूहमध्ये रकमका आधारमा सबै भन्दा धेरै आईपीओ उत्पादन तथा प्रसोधन समूहको रहेको छ । यो समूहको कुल २८ अर्ब ३ करोड ९६ लाख २१ हजार ५२५ रुपैयाँ बरारको १३ करोड ६९ लाख ३९ हजार ३२० कित्ता सेयर स्वीकृतिको प्रतिक्षामा रहेको छ ।

त्यस्तै हाल बोर्डबाट आईपीओ जारी गर्ने स्वीकृतिको प्रतिक्षामा अन्य समूहका १० वटा कम्पनी रहेका छन् । ती कम्पनीहरुको ३ अर्ब ४३ करोड ८७ लाख ५ हजार ४०० रुपैयाँ बरारको २ करोड ७६ लाख ६५ हजार ५४ कित्ता सेयर आईपीओ पाइपलाइनमा रहेको छ । त्यस्तै ३ वटा माईक्रो इन्स्योरेन्सको ६७ लाख ५० हजार कित्ता आईपीओ पाइपलाइनमा रहेको छ । उक्त आईपीओ कुल ७६ करोड ५० लाख रुपैयाँ मूल्यको हो ।

त्यस्तै ३ वटा इन्भेष्टेमन्ट कम्पनीको २ अर्ब ९३ करोड १० लाख ३७ हजार ५०० मूल्य बराबरको १ करोड ६५ लाख ५० हजार कित्ता, होटल र टुरिजम क्षेत्रको ३ वटा कम्पनीको १ अर्ब ४२ करोड १० लाख रुपैयाँ बराबरको १ करोड ४२ लाख १० हजार कित्ता र एउटा विकास बैंकको १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता सेयर पाइपलाइनमा रहेको छ ।

1

Scroll to Top