Banijya News

प्रिमियम मुल्यमा आईपीओ ल्याउँदै रिद्धिसिद्धी सिमेन्ट

1
1.1K Shares

रिद्धिसिद्धी सिमेन्टले प्रिमियम मुल्यमा आईपीओ ल्याउँने भएको छ । उद्योगले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । रिद्धिसिद्धीले ११४ रुपैयाँ प्रिमियम रकम थपेर प्रतिकित्ता २१४ रुपैयाँमा आईपीओ ल्याउन प्रस्ताव गरेको छ । बोर्डले प्रिमियम मूल्यमा आईपीओ स्वीकृति रोकेको छ ।

रिद्धिसिद्धीले एक करोड २१ लाख ७१ हजार ५०० कित्ता सेयर निष्कासन गर्न लागेको छ । उद्योगले प्रस्ताव गरेको मूल्यमा आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति पाए दुई अर्ब ६० करोड रुपैयाँ संकलन हुनेछ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

1

Scroll to Top