Banijya News

विकाश हाइड्रोपावरकाे शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

1
1.1K Shares

विकाश हाइड्रोपावर कम्पनी लिमिटेडकाे शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएकाे छ । कम्पनीको संचालक समितिको बैठकले प्रभु क्यापिटललाई रजिष्ट्रार नियुक्त गरिएको हाे।

रजिष्ट्रार नियुक्त भएसँगै कम्पनीको शेयरको अभिलेख राख्ने, शेयर डिम्याट गर्ने, शेयरको नामसारी गर्ने, शेयरधनीको लगत अध्यावधिक गर्ने लगायतका कार्य साे क्यापिटलले गर्ने छ।

कम्पनीले आईपीओ निष्काशन गरि बाँडफाँड समेत गरिसकेको छ। रजिष्ट्रार नियुक्त नहुँदा शेयर नेप्सेमा सूचिकृत भएकाे थिएन । अब, छिट्टै नेप्सेमा सूचिकृत भएपछि कारोबारमा आउने छ।

यस कम्पनीले गोरखाको धार्चे गाउँपालिका ४ मा ४.५५ मेगावाको माथिल्लो माछाखोला आयोजना निर्माण सम्पन्न गरि २०७९ फागुनबाट विद्युत उत्पादन गरिरहेको छ।

1

Scroll to Top