Banijya News

झापा इनर्जीको आइपिओ निष्कासन हुँदै, क–कसले दिन पाउँछन् आवेदन ?

1
1.1K Shares

झापा इनर्जी लिमिटेडले भोलिदेखि आईपीओ निष्कासन गर्दैछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीका लागी आइपिओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते अनुमति पाएको थियो। जसबाट आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ३ लाख ८० हजार १९० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५७ हजार २९ कित्ता आईपीओ निष्कासन गर्नेछ ।

आयोजना प्रभावितलाई छुट्याइएको जम्मा आईपीओको आधा अर्थात् १ लाख ९० हजार ९५ कित्ता झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ४ मा रहको आयोजनाको १०० मिटर वरपर बस्ने नागरिकले र बाँकी १ लाख ९० हजार ९५ कित्ता सोही नगरपालिकाको आयोजनाको १०० मिटर वरपरको क्षेत्र बाहेकमा बस्नेले आवेदन दिन सक्नेछन्। यसमा आवेदन दिंदा घटीमा १० कित्ता र बढीमा ५ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ। यसर्थ यो आईपीओ भर्न कम्तीमा १ हजार रुपैयाँ र बढीमा ५ लाख रुपैयाँ लाग्नेछ।

आयोजना प्रभावितले साउन १४ देखि २८ गतेसम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेकाले साउन १४ देखि १८ गतेसम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितले हिमालयन बैंकको दुधे, दमक–१, दमक–२, सुरुंगा शाखा कार्यालय, माछापुच्छ्रे बैंकको सुरुंगा र दमक शाखा कार्यालय र कम्पनीको आयोजना स्थानबाट भौतिक रूपमा दरखास्त फाराम प्राप्त गर्न सक्नेछन्।

1

Scroll to Top