Banijya News

झापा इनर्जीकोे आईपीओमा आजदेखि आवेदन दिन सकिने

1
1.1K Shares

झापा इनर्जी लिमिटेडले साउन १४ गते आजदेखि पहिलो चरणको आईपीओ निष्कासन गरेको छ । कम्पनीले सर्वसाधारण आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेकोे हो । कम्पनीले जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको २५ प्रतिशतले हुन आउने ९ करोड ५० लाख ४७ हजार ५०० रुपैयाँ बराबरको ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

जसमध्ये १० प्रतिशतले हुन आउने ३ करोड ८० लाख १९ हजार रुपैयाँ बराबरको ३ लाख ८० हजार १९० कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरेको हो । स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको कुल कित्ता शेयरमध्ये १ लाख ९० हजार ९५ कित्ता शेयर प्रत्यक्ष प्रभावित क्षेत्र झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा सौर्य विद्युत आयोजना निर्माण र सञ्चालन भइरहेको स्थल र आयोजना क्षेत्रबाट १०० मिटर वरपरको क्षेत्रका बासिन्दाहरुमा र बाँकी १ लाख ९० हजार ९५ कित्ता शेयर सो क्षेत्र बाहेकका झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ का बासिन्दाहरुमा बाँडफाँट गरिनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने कम्पनीले थप सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशतले हुन आउने ५७ लाख २ हजार ९०० रुपैयाँ बराबरको ५७ हजार २९ कित्ता आईपीओ निष्कासन गरेको हो । दुबै तर्फको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आयोजना प्रभावित स्थानीमा छिटोमा साउन २८ गतेसम्म निष्कासन हुनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन परेमा भने ढिलोमा भदौ १२ गतेसम्म निष्कासन लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन बन्द छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गतेसम्म तोकिएको छ । आईपीओ निष्कासनत तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । स्थानियले हिमालय बैंकको दुधे, दमक तथा सुरुङ्गाका शाखा कार्यालय तथा आयोजना स्थलबाट आवेदन दिन सक्नेछन् ।

स्थानीयले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

1

Scroll to Top