Banijya News

सेयर बजारमा उच्च अंकको गिरावट, १६ अर्ब माथिको कारोबार

1
1.1K Shares

आज सेयर बजार उच्च अंकले घटेर बन्द भएको छ । साताको सेयर कारोबार हुने चौथो दिन सेयर बजार परिसूचक ५३.८७ अंकले घटेर २९४९.१९ विन्दुमा पुगेको हो ।

सेयर बजार अघिल्लो दिन ३ हजार विन्दु भन्दा माथि पुगेको थियो । तर उक्त विन्दुमा बजार एक दिन पनि टिक्न सकेन । आज बजार अघिल्लो दिनको भन्दा १.७६ प्रतिशतले घटेको हो । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ११.२४ अंकले घटेर ५०७.३५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्यमा गिरावट आएको छ भने २ वटाको मूल्य मात्रै बढेको छ ।

आज सेयर बजारमा २२६ कम्पनीको सेयर मूल्य घटेको छ भने २३ वटा कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । आज परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन साढे १८ अर्ब माथिको कारोबार भएको बजारमा आज १६ अर्ब माथिको कारोबार भएको छ ।

आज सेयर बजारमा ३२७ कम्पनीका ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता सेयर १ लाख ४१ हजार ५२० पटक खरिद बिक्री हुँदा १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४०८ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

1

Scroll to Top