लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित शुभ लक्ष्मी कोषले यस वर्ष १६ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ ।
योजना व्यवस्थापकको साउन १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८१/८२ को लागि करसमेत १६ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।
प्रतिफल प्रयोजनका लागि साउन १३ गते एक दिन बुक क्लोज गर्ने निर्णय भएकाले साउन १२ गतेसम्म कायम इकाईधनीहरूले मात्र प्रतिफल प्राप्त गर्न सक्नेछन् ।उक्त प्रतिफल रकम बराबर इकाईधनीहरूले पुनः लगानी योजनामार्फत थप इकाई खरीद गर्न सक्ने व्यवस्था छ ।
यो योजना खुलामुखी प्रकृतिको भएकाले पुनः लगानी योजनामा सहभागी हुन पाइने भएको हो । पुनः लगानी योजनामा सहभागी हुने इकाईधनीहरूले साउन १६ गतेभित्र आफ्नो नाम दर्ता गर्नुपर्नेछ ।


