माछापुच्छ्रे क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले रु १ करोड ४३ लाख १६ हजार ९७५ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले लाभांश प्रस्ताव पारित गर्नका लागि भदौ ६ गते, काठमाडौंको बालुवाटारमा दिउँसो १२:३० बजे छैठौं वार्षिक साधारणसभा आह्वान गरेको छ ।
सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, तथा असार मसान्तसम्मको वित्तीय विवरण पारित गरिने कम्पनीले जनाएको छ ।


