Banijya News

२.६२ अंकले बढ्यो सेयर बजार, कारोबारमा पनि सुधार

1
1.1K Shares

साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार २.६२ अंक बढेको छ ।

लगातार घटेको तीन कारोबार दिनपछि आज बजार सामान्य अंक बढेको हो । सो वृद्धिपछि नेप्से परिसूचक २७८८ अंकमा कायम भएकाे छ । कारोबारका क्रममा बजारले दुई पटकसम्म २८ सय अंक नाघे पनि १ : ४० बजेपछि केही घट्न गयो ।

बजारको अंकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब १६ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४६ करोडको भयो ।

१०८ कम्पनीको मूल्य बढ्दा १४१ को घट्यो । अन्य समूह १ प्रतिशतभन्दा धेरै बढ्यो भने अरु सबै समूहको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।

1

Scroll to Top