Banijya News

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

1
1.1K Shares

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक शयरधनीका नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखिएको छ । बैंकको ५ जना संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ३१ हजार २०४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याइएको हो । उक्त शेयरमा अहिले कायम भएको संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्ने छन् ।

आवेदन दिन इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्ने छ । आवेदन काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनु पर्ने छ । ३५ दिन भित्र संस्थापकले आवेदन नदिएको खण्डमा अन्य जोकोही व्यक्ता संस्था वा सर्वसाधारणलाई उक्त शेयर बिक्री खुल्ला गरिने भएको बैंकले जानकारी दिएको छ ।

1

Scroll to Top