Banijya News

खेलाडी आइसके, रंगशाला बन्दै

1
1.1K Shares

१० मंसिर, २०७६, काठमाण्डौ । १३औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक उद्घाटन हुन ६ दिन बाँकी छ । प्रतियोगितामा भाग लिन विदेशी खेलाडी आउन थालिसकेका छन ्। तर, साग आयोजक राष्ट्र नेपालका खेल पदाधिकारीलाई भौतिक संरचना निर्माणकै चटारो छ। प्रतियोगिता उद्घघाटन मंसिर १५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ ।

बंगलादेश, माल्दिभ्स र श्रीलंकाका भलिबल खेलाडी आइसकेका छन ्। नेपालको हावापानीसँग घुलमिल हुन अन्य खेलका खेलाडी पनि आउन थालेका छन् । पाहुनाको सत्कारका लागि सोमबारदेखि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आगन्तुक डेक्स राखिएको छ ।

१३औं सागको मुख्य स्थल दशरथ रंगशाला निर्माण कार्य अझै जारी छ। नेपाली खेलकुदको मुख्य निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पदाधिकारी पाहुनाको सत्कार गर्ने समयमा संरचना निर्माणमै हस्याङफस्याङ गरिरहेका छन्। चिनियाँ प्राविधिकको सहयोगमा अहिले दशरथ रंगशालाको भीआईपी प्यारापिटमा धमाधम छानो हाल्ने काम भइरहेको छ ।

अघिल्लो दिन धुलाम्मे र खाल्टाखुल्टी देखिने रंगशाला परिसरका सडक पेटी रातारात पिचसहित रङरोगनले चिटिक्क बन्न थालेका छन्। रंगशालाको साधारण प्यारापिट निर्माणले भने पूर्णता पाएको छ। साधारण प्यारापिटमा छानो राख्ने, कुर्सी बिछ्याउने, सिन्थेटिक ट्र्याक, फुटबल मैदान, स्कोर बोर्ड, चेन्जिङ रुमलगायत संरचना तयार भइसकेका छन

कभर्ड हलमा भलिबल खेलका लागि म्याट बिछ्याउने र रङरोगन गर्ने काम भइरहेको छ। भलिबल आगामी बुधबार नै सुरु हुँदै छ। सागका लागि मुख्य चासोका रूपमा रहेको सातदोबाटोस्थित अन्तर्रा्ष्ट्रिय खेलकुद परिसरमा निर्माणाधीन हिटिङ सिस्टमसहितको पौडीपोखरी हा े।
यो खबर आजको अन्नपुर्ण पोष्टमा गोविन्द रेग्मीले लखेका छन् ।

1

Scroll to Top