१८ मंसिर, २०७६, काठमाण्डौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत गोकर्णस्थित सहिद पार्कमा बुधबार भएको डाउनहिल साइक्लिङमा नेपालले दुईवटा स्वर्ण पदक जितेको छ ।
पुरुष इभेन्टतर्फ नेपालका र महिला इभेन्टतर्फ निश्मो स्वर्ण पदक जितेका हुन् । १ किलोमिटरको दुरी १ मिनेट ४९.३३३ सेकेण्डमा पुरा गर्दै राजेश मगरले र महिला इभेन्टतर्फ निश्मा श्रेष्ठले २ मिनेट २२.४५१ सेकेण्डको समय निकालेर स्वर्ण पदक पक्का गरिन् ।


