विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपील) को दोस्रो सिजनका लागि विश्वप्रसिद्ध न्युजिल्याण्डका क्रिकेटर मार्टिन गुप्टिल लाई दोस्रो सिजनका लागि निरन्तरता दिएको छ ।
गुप्टिलले आईसीसी विश्वकप र टी–२० विश्वकप सहित प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा न्यूजिल्याण्डका लागि एक प्रमुख खेलाडी हुन्। सन् २०१५ को विश्वकपमा अविजित २३७ रनको उनको कीर्तिमान तोडेका थिए ।
इन्डियन प्रिमियर लिग र क्यारिबियन प्रिमियर लिग लगायत विश्वभरका फ्रेन्चाइज लिगहरू खेलेको गुप्टिलको अनुभव छ । विराटनगर किंग्सले गुप्टिलको आगमनले ब्याटिङ लाइनअपलाई बलियो बनाउने अपेक्षा भएको बताएको छ ।


