अस्ट्रेलियाका अनुभवी ब्याटर उस्मान ख्वाजाले आउँदो हप्ता इङ्ग्ल्यान्डसँगकाे पाँचौँ एशेज टेस्टपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् ।
यो टेस्ट ख्वाजाको ८८औं तथा अन्तिम टेस्ट हुनेछ, याेसँगै उनको १५ वर्ष लामो अन्तर्राष्ट्रिय करियरको औपचारिक अन्त्य हुनेछ । ३९ वर्षीय ख्वाजाले आज बिहान आफ्ना टिमका सहकर्मीहरूलाई सन्न्यासको जानकारी दिएका छन् ।
सन् २०११ मा रिकी पोन्टिङ घाइते भएपछि अवसर पाएका ख्वाजाले त्यसयता टेस्ट क्रिकेटमा ६ हजारभन्दा धेरै रन बनाएका छन् ।


